छुट्टै भेला गर्ने बाबुराम पक्षको तयारी, यस्ता छन् तीन विकल्प
जनता समाजवादी पार्टी (जसपा) को डा. बाबुराम भट्टराई पक्षले छुट्टै भेला बोलाउने तयारी गरेको छ । अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कमिटी बैठक बोलाएको समय पारेर भेला गर्ने नेताहरुले बताएका छन् ।
पार्टीमा विवाद चलिरहेका बेला संघीय परिषद् अध्यक्ष डा. भट्टराई र कार्यकारिणी अध्यक्ष यादवबीच गत बुधबार भेट भएको थियो । तर त्यो भेटपछि जसपा फुट उन्मुख छ । अध्यक्ष यादवले मन्त्री हेरफेरको तयारी गरेका छन् भने यही २७ र २८ गते वीरगञ्जमा केन्द्रीय समितिको बैठक बोलाएका छन् ।भट्टराई पक्ष भने बैठकमा नजाने तयारीमा छ । डा. भट्टराई स्वयं अब उपेन्द्र यादवसँग मिलेर जान सकिन्न भन्ने निष्कर्षमा पुगेको नेताहरुले बताएका छन् ।