बस र सिनेमाको टिकट जस्तो नागरिकता दिन हुँदैन : सांसद सुवाल
नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले बस र सिनेमाको टिकट जस्तो नागरिकता बाँड्न नहुने बताएका छन् ।
नागरिकता विधेयक फिर्ता लिने सरकारको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले भने, सबै नेपालीले नागरिकताको प्रमाणपत्र पाउनु पर्छ, यसको अर्थ बसको टिकट र सिनेमाको टिकट बाँडे जस्तो बाँड्ने हैन ।’उनले नागरिकता समस्या समाधानका लागि भारतसँगको खुला सीमा बन्द गर्नु पर्ने बताए । सुवालले भने, ‘नेपाली सेनाले पनि सीमा बन्दको प्रस्ताव गरेको छ ।’