दुई घण्टामा ८.८७ अंकले घट्यो सेयर बजार, कारोबार डेढ अर्ब
साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार केही घटेर बन्द भएको छ । शुक्रबार दुई घण्टा मात्र कारोबार हुन्छ । यस दिन ८.८७ अंकले घटेको बजार २०२८.७७ बिन्दुमा आएको छ ।
यसअघि लगातार तीन दिन बढेको बजारमा लगानीकर्ताले प्रोफिट बुक गर्न खोज्दा बजारमा करेक्सन आएको देखिएको छ । शुक्रबार दुई घण्टाकै बीचमा डेढ अर्बको कारोबार हुनुबाट समेत यो दिन कारोबार धेरै भएको हो ।
शुक्रबार २२१ कम्पनीको २८ हजार ८६६ वटा कारोबारबाट ३६ लाख ६३ हजार २२० कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम १ अर्ब ४५ करोड ९३ लाख १२ हार १५ रुपैयाँको भएको छ ।
शुक्रबार व्यापार, वित्त र लघुवित्तबाहेक सबै उपसमूह राताम्ये रहे ।