‘प्रधानमन्त्री शेरबहादुर देउवा ज्यू तपाईले पढेको कलेज कहिले बन्ने?’
नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिचन्द्र क्याम्पसका ऐतिहासिक भवनहरु पुनर्निर्माणको माग गर्दै शुक्रबार प्रदर्शन गरेको छ ।
उनीहरुले ‘सेभ त्रिचन्द्र’ अभियान अन्तर्गत त्रिचन्द्र क्याम्पस अगाडी सडकमा प्रदर्शन गरेका हुन् ।प्रदर्शनमा उनीहरुले ‘प्रधानमनत्री शेरबहादुर देउवा ज्यू तपाईले पढेको कलेज कहिले बन्ने?’ भन्दै प्रश्न गरेका छन् । यसका साथै उनीहरुले ‘सेभ त्रिचन्द्र, सेभ घण्टाघर, नो इफ बट’, ‘भ्यू टावर बन्ने, त्रिचन्द्र नबन्ने।’, ‘हामीलाई कक्षा कोठा देऊ,’ लगायतका नारा लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका छन् ।