काठमाडौं महानगरले १ करोड बजेट छुट्याएको ई-स्पोर्ट्स के हो?
काठमाडौं महानगरपालिकाले ई-स्पोर्ट्सका लागि एक करोड बजेट बिनियोजन गरेको विषय अहिले सामाजिक सञ्जालमा चर्चामा छ।
कतिपय मिडियाले बजेटको विषयलाई फेसबुक पेज ‘रूटिन अफ नेपाल बन्द’सँग जोडेर समाचार प्रकाशित गरेका छन्। रूटिन अफ नेपाल बन्दले उक्त समाचार खण्डन छ।काठमाडौं महानगपालिकाका मेयर बालेन शाहका स्वकिय सचिव भुपदेव शाहले पनि कुनै निश्चित कम्पनीका लागि बजेट नछुट्याइएको बताए।
उनका अनुसार काठमाडौं महानगरले अन्तर्राष्ट्रिय स्तरको ई-स्पोर्ट्स प्रतियोगिता आयोजनाका लागि बजेट छुट्याएको हो।
‘ई-स्पोर्ट्सको सञ्जाल बढिरहेको छ। धेरैले यसमा करिअर समेत बनाइरहेका छन्। व्यवसायिक रूपमा खेल्न थालिएको छ। मानिसहरू परम्परागत खेलबाट ई-स्पोर्ट्समा सिफ्ट भइरहेका छन्। यो विषयमा अध्ययन गरेपछि ई-स्पोर्ट्स प्रतियोगिताका लागि बजेट छुट्याएको हो,’ शाहले भने।