ग्लोबल आइएमईको नाफा,५ अर्ब नाघ्यो प्रतिसेयर आम्दानीमा वृद्धि
गत आर्थिक वर्ष २०७८/०७९ मा ग्लोबल आइएमई बैंकले पाँच अर्ब भन्दा माथि मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले पाँच अर्थब २० करोड ६५ लाख रुपैयाँ नाफा आजर्न गरेको छ । जुन अघिल्ल्लो आर्थिक वर्ष २०७७/०७८ को तुलनामा २५ प्रतिशतले वृद्धि गरेको छ ।
बैंकको नाफामा वृद्धि हुँदा प्रमुख वित्तीय सूचकमा पनिसुधार भएको छ । अघिल्लो आबमा १९ रुपैयाँ २५ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी गत आबमा बढेर २१ रुपैयाँ ८८ पैसा पुगेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ २६ पैसाबाट बढेर १५६ रुपैयाँ ११ पैसा पुगेको छ । अघिल्लो आवमा २१ अर्ब ६३ करोड २५ लाख चुक्ता पूँजी रहेको बैंक्ले गत आबमा १० प्रतिशत बोनस सेयर दिएर २३ अर्ब ७९ करोड ५८ लाख रुपैयाँ पूँजी पुर्याउादा पनि बैंकको प्रतिसेयर आम्दानी र नेटवर्थ बढेको छ ।
बैंकको सेयरधनी सञ्चित कोषमा ३ अर्ब १९ करोड ९५ लाख रुपैयाँ छ भने जगेडा केाषमा १० अर्ब १५ करोड ३१ लाख रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षमा बैंकको कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड रेट) बढाउँदा व्यवसाय विस्तारको तुलनामा खुद ब्याज आम्दानीसँगै नाफामा उल्लेख्य वृद्धि भएको छ । अघिल्लो आमा ३.६५ प्रतिशत रहेको बैंकको स्प्रेड रेट बढेर गत आबमा ४.२६ पुगेको छ । जसले गर्दा बैंकको कर्जा विस्तारको तुलनामा खुद ब्याज आम्दानी तुलनात्मक रुपमा बढी बढेको छ ।