धानबालीमा क्षति व्यहोरेका गोरखाका ४८६ किसानलाई ४० लाख राहत माग
गत बर्ष असोजमा बेमौसमी बर्षाका कारण धानबालीमा क्षति व्यहोरेका गोरखाका किसानलाई राहत वितरण प्रक्रिया अघि बढेको छ । राहत रकम माग गर्दै राहत रकम निर्धारण समितिले गृह मन्त्रालयमा पत्राचार गरेको छ ।
विभिन्न पालिकाका कुल ४८६ जना पीडित किसानका लागि ३९ लाख ८२ हजार ७४५ राहत रकम माग गरिएको समिति संयोजक एवं सहायक प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए ।पालुङटार नगरपालिकाका ८६ जना किसानका लागि ९ लाख २९ हजार, आरुघाट गाउँपालिकाका ९५ किसानका लागि ६ लाख ८१ हजार र सिरानचोकका ४१ किसानका लागि ५ लाख ३८ हजार रुपैयाँ राहत माग गरिएको उनले जानकारी दिए ।त्यस्तै शहीद लखन गाउँपालिकाका ४५ किसानका लागि ४ लाख ६८ हजार, बारपाक सुलिकोटका ९८ किसानका लागी ४ लाख ३२ हजार, भीमसेन थापाका ५१ किसानका लागि ४ लाख ९९ हजार र अजिरकोट गाउँपालिकाका ७० किसानका लागि ३ लाख ८५ हजार रकम माग गरिएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले बताए ।