नेपालमा किन बढेनन् बिजुली बस ?
बिहीबारदेखि काठमाडौंमा साझा यातायातले पहिलो पटक ३ वटा बिजुली बस सञ्चालनमा ल्यायो । थप ३७ बिजुली बस ल्याउने तय गरिसकेको साझा यातायात सरकारले अनुदान दिएको ३ अर्ब रुपैयाँमध्ये बाँकी रहेको पैसाले पनि विद्युतबाटै चल्ने बसहरु ल्याएर प्रवर्द्धन गर्ने सोचमा छ । तर, निजी क्षेत्र भने अहिलेसम्म पनि ठूला बिजुली बसमा लगानी गर्न हिच्किचाइरहेका छन् ।
२३ भदौ २०७६ मा सुन्दर यातायात प्रालिले नेपालमै पहिलोपटक काठमाडौंबाट दुई वटा बसमार्फत सेवा थालेको थियो । अहिलेसम्म सुन्दरले ४ वटा मिनीबससहित थप ११ वटा बस ल्याएर सेवा दिइरहेको छ । मंगलबारदेखि सुन्दरको एउटा बिजुली बसले बेलहिया–भैरहवा–बुटवल–जीतपुर रुटमा सेवा थालेको छ । तर, यो कम्पनीले पनि आक्रामक ढंगले सेवा विस्तार गर्न सकेको छैन ।