शेखर पक्षका विद्यार्थी र युवाले कांग्रेस कार्यालयमा प्रदर्शन गर्ने
नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षधरले भ्रातृ संस्थाको कार्यसमिति पूर्णताको माग गर्दै विरोध प्रर्दशन गर्ने भएको छ । नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ लगायतका भ्रातृ संस्थाका शेखर पक्षका नेता तथा कार्यकर्ताले विरोध प्रदर्शनको तयारी गरेका हुन् ।
कांग्रेस केन्द्रीय समितिको वैठक सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । उक्त वैठकको समयमा पार्टी कार्यालय बाहिर शेखर पक्षका विद्यार्थी, युवा लगायतले प्रदर्शनको तयारी गरेका हुन् ।