यू-२० फुटबल टिम : दोस्रो चरणमा ३० खेलाडी छनोट, ११ जना बाहिरिए
नेपाली यू-२० राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा दोस्रो चरणमा ३० खेलाडी छनोट भएका छन् । साफ यू-२० च्याम्पियनसिप र एएफसी यू-२० छनोटका लागि तयारीमा रहेको टिममा दोस्रो चरणमा ३० खेलाडी छनोट गरिएको हो ।
मुख्य प्रशिक्षक मेघराज केसीले प्रारम्भिक चरणमा बन्द प्रशिक्षणमा रहेका ४१ खेलाडी बाट ११ खेलाडी बाहिर राख्दै ३० खेलाडी छनोट गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।