जिसस प्रमुखको कार्यकाल सकियो, सुरु भयो पुरानै पेशा
राजनीतिकर्मी, त्यसमा पनि सार्वजनिक पद धारणा गरिसकेपछि हत्तपत्त श्रममा फर्किन रुचाउँदैनन् । दाङका पूर्व जिल्ला समन्वय समिति (जिसस) प्रमुख जितेन्द्रमान नेपाली भने फरक भइदिए ।
०७४ सालमा नेकपा एमालेबाट जिल्ला समन्वय समितिको प्रमुखमा निर्वाचित भएका जितेन्द्रमान आफूले वर्षौदेखि गर्दै आएको टेलरिङ पेशामा फर्किएका हुन् । अहिले उनको दिनचर्या ग्राहकहरुको नापो लिने, कपडा काट्ने र सिलाउने भएको छ । ‘पाँच वर्ष जनताको काम गरें’ उनले भने, ‘कार्यकाल सकिएपछि आफ्नै टेलरिङ पेशामा फर्किएको छु ।’