लिग टु क्रिकेट : क्यानडामा अभ्यास फितलो, स्कटल्याण्डमा चुनौती
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्डमा अर्को साता सुरु हुने आफ्नो पाँचौ शृंखलाअघि नेपाली राष्ट्रिय क्रिकेट टिमले क्यानडामा तयारी सकाएको छ ।
स्कटल्याण्ड भ्रमणको तयारी स्वरुप क्यानडामा खेलेका अभ्यास खेलमा नेपालको प्रदर्शन फितलो रह्यो ।
क्यानडामा नेपालले स्थानीय टिमसँग दुई अभ्यास खेल जिते पनि क्याडना विरुद्धको एकदिवसीय खेलमा भने खराब प्रदर्शन गर्यो । एकदिवसीय मान्यता प्राप्त नेपालले आफूभन्दा कमजोर टिमसँग खेल्दा पनि ब्याटिङ फ्लप देखियो ।
किङ सिटी ओन्टारियोस्थित मापेल लिफ क्रिकेट क्लब मैदानमा भएको दोस्रो एक दिवसीयमा १८९ रनको लक्ष्य पछ्याउँदा नेपाल ६२ बल बाँकी छँदै १०५ रनमै अलआउट हुँदै ८३ रनले पराजित भयो ।