रेल्वे विधेयकमा सत्तापक्ष–प्रतिपक्ष एकमत, राष्ट्रिय सभाबाट सर्वसम्मत पारित
राष्ट्रिय सभाबाट रेल्वे विधेयक सर्वसम्मत पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकले यो विधेयकमाथि दफावार छलफल गरेर फास्ट ट्रयाकमा पारित गरेको हो ।
बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले दफावार छलफलका लागि विधेयक प्रस्तुत गरेपछि ९ जना संशोधनकर्ताहरुले छलफलमा भाग लिएका थिए ।
एमालेका तर्फबाट राष्ट्रिय सभामा प्रमुख सचेतक देवेन्द्र दाहालले विधेयकमा केही विषय संशोधन गर्नुपर्ने भन्दै संशोधन गर्न सरकारलाइ आग्रह गरे । उनले रेल चलाउने व्यक्ति २५ वर्षदेखि देखि ५० वर्ष उमेरका मात्रै हुनुपर्ने व्यवस्थाका लागि आग्रह गरे ।
सांसद विमला राई पौड्यालले रेलवे बोर्डमा विज्ञको सहभागिता हुनुपर्ने बताइन् ।