अन्तर्राष्ट्रिय विमानस्थलको अपरिहार्यताबारे फरक बहस
नेपाली ध्वजावाहक नेपाल वायुसेवा निगमले कम्तिमा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने हैसियतको नबनाउने हो भने हब विमानस्थलको गफ पनि सपना मात्र नहोला भन्न सकिन्न ।सर्वोच्च अदालतको आदेशको कारण अहिले चर्चामा छ निजगढ अन्तर्राष्ट्रिय विमानस्थल । वातावरणीय प्रभाव पर्ने भन्दै अदालतले निर्माण सम्बन्धी सबै काम नगर्न आदेश दिंदा यसको पक्ष र विपक्षमा आवाज उठिरहेका छन् । पक्षमा भएकाले गेम चेन्जर परियोजना नभई हुन्न भनेका छन् भने विपक्षमा भएकाले वन जंगलसँगै पर्यावरण मास्न पाइँदैन भनेर आवाज उठाइरहेको देखिन्छ ।