प्रदेश १ नामकरणको अन्तिम कसरतमा दलहरू
प्रदेश १ को नामकरणका लागि निर्णायक कसरतमा जुटेका दलहरू साझा सहमतिका लागि मिलनविन्दुको खोजीमा लागेका छन्। कम्तीमा ठूला तीन दल एकै ठाउँ नभए प्रदेशको नाम नटुंगिने निश्चित भएका कारण दलहरू मिलनविन्दुको खोजीमा लागेका हुन्।प्रदेश सभाको पछिल्लो साढे चार वर्षभरि नामकरणबारे मौनप्रायः दलहरूले संसद्को पहिलो कार्यकाल सकिन लाग्दा भने नामकरणमा उच्च चासो देखाएका छन्।