अछामका शाह मृत्यु प्रकरण : सरकारी वकिलको निर्णयपछि हत्या आरोपी छुटे
भारतबाट फर्किने क्रममा कैलालीमा ज्यान गुमाएका अछामको चौरपाटी गाउँपालिका-१ का ३२ वर्षीय धनबहादुर शाह मृत्यु प्रकरणमा हत्या आरोपीहरु छुटेका छन् ।
जिल्ला सरकारी वकिल राजेन्द्र भण्डारीले प्रहरीले पेश गरेको प्रतिवेदनका आधारमा मुद्दा चलाउन नसकिने निष्कर्ष निकाल्दै थप अनुसन्धान गर्न प्रहरीलाई मिसिल फिर्ता पठाउँदै जमानीमा आरोपितलाई छोड्ने निर्णय गरेपछि उनीहरु छुटेका हुन् ।