सुदूरपश्चिममा ४५ प्रतिशत रोपाइँ, सबैभन्दा बढी बैतडीमा
सुदूरपश्चिम प्रदेशमा पनि धान रोपेर किसानले राष्ट्रिय धान दिवस मनाइरहेका छन् ।
प्रदेशमा रहेका कृषि ज्ञान केन्द्रहरुले समेत विभिन्न कार्यक्रमको आयोजना गरेर धान दिवस मनाइरहेका छन् । तर सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म करिब ४५ प्रतिशत मात्रै रोपाइँ भएको छ । जबकि गत वर्ष यो अवधिमा ५० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको थियो ।सुदूरपश्चिम प्रदेश कृषि निर्देशनालयको तथ्यांकअनुसार प्रदेशमा कुल एक लाख ८० हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा धान लगाउने गरेको भए पनि अहिलेसम्म ८१ हजार हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको छ । कृषि निर्देशनालयका सूचना अधिकारी टेकेन्द्र ऐरले ढिलो गरेर वषर्ा भएका कारण अहिलेसम्म अपेक्षाकृत रुपमा रोपाइँ नभएको बताए ।उनका अनुसार अन्न भण्डारका रुपमा चिनिने तराईका दुई जिल्ला कैलाली र कञ्चनपुरको तुलनामा पहाडी जिल्लामा भने बढी क्षेत्रफलमा धान रोपिकएको छ ।