कुलमानको आग्रह पोखराको बिरौटा सबस्टेसनमा अवरोध हटाइदिन
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पोखरा महानगर १७ बिरौटा सबस्टेसनको अवरोध हटाइदिन प्रदेश सरकार र स्थानीय निकायसँग आग्रह गरेका छन् ।
पोखराको विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन पोखरा महानगरपालिका–१७ बिरौटामा प्राधिकरणले प्रस्तावित सबस्टेसन निर्माण अघि बढाएको थियो । तर स्थानीयले ३/४ वर्षदेखि अवरोध गरिरहेको भन्दै उनले १३२/११ केभी सबस्टेसनको निर्माण तत्काल अगाडि बढाउन नसकिए अहिलेको क्षमताले नधानेर पोखरामा बाध्यात्मक लोडसेडिङ गर्नु पर्ने अवस्था आउने बताए ।
घिसिङले गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल, ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्री आचार्य र पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलाई सबस्टेसन स्थानीयको अवरोध हटाउन आवश्यक पहल गरिदिन आग्रह समेत गरे ।