राज्यमन्त्री बिमला विवादमा तानिइन्
लुम्बिनी प्रदेशकी स्वास्थ राज्यमन्त्री बिमलाकुमारी खत्री वली पुनः विवादमा तानिएकी छन् ।
मंगलबार बिहान मन्त्री वलीले नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएलका नेता एकराज बस्नेतको घरमा पुगेर उनकी श्रीमती मीना भण्डारी र पाँच बर्षकी छोरीलाई हातपात गरेकी छन् । राज्यमन्त्री वलीलाई प्रहरीले एकराजकै घरबाट नियन्त्रणमा लिएको छ ।राज्यमन्त्री वली मंगलबार बिहान तुलसीपुर उपमहानगरपालिका–५ सब्जीमण्डी नजिकै वाइसीएलका नेता एकराज बस्नेतको घरमा पुगेकी थिइन् । सहयोगीसहित लु १ झ ५३७ नम्बरको सरकारी गाडीमा त्यहाँ पुगेकी उनले एकराजकी श्रीमती मीना भण्डारीसँग एकराज खोई भनेर सोधेकी थिइन् ।