एसपीपी : शक्ति राष्ट्रको छेउमा पनि जाने होइन
केही दिनदेखि संसदको समिति र संसदको बैठकमा विभिन्न सांसदहरु खासगरी प्रमुख प्रतिपक्ष दलले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)को सन्दर्भमा गम्भीर विषय उठाइरहनु भएको छ ।
यो विषय सरकारसँग सम्बन्धित छ । रक्षा मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हालिरहनुभएको छ ।एउटा पक्ष भन्छ -यो असत्य हो । सेनाका प्रवक्ता भन्नुहुन्छ, यसका बारेमा हामीले आजसम्म थाहा पाएकै छैनौं । अमेरिकी नेसनल गार्डको साइट हेर्यौं भने सन् २०१९ बेलामै यो प्रस्ताव आएको देखिन्छ । पूर्ववर्ती रक्षामन्त्रीहरुले यसलाई सकरात्मक भएर अघि बढाएको पनि कहीँकहीँ सुन्न पाइन्छ । यस्ता कुराहरु आइसकेपछि सरकारले संसदमा उभिएर तत्काल आफ्नो धारणा सार्वजनिक गर्नुपर्दछ ।