नेपाल चेन्ज मेकर लिगले संघीय चुनावमा सक्षम युवा उम्मेदवार छनौट गर्न र जिताउन सघाउने
परिवर्तनका संवाहक अभियान (नेपाल चेन्ज मेकर लिग) ले आगामी निर्वाचनमा कसरि स्वतन्त्र विचारधारा र स्वच्छ छवि भएका स्वतन्त्र र पार्टीका इमान्दार नेताहरूलाई छान्ने र चुनाव जिताउन सहयोग गर्ने भन्ने विषयमा हिजो देशभरीबाट राजनैतिक परिवर्तनका लागि आवाज उठाई रहेका अभियानकर्ताहरूलाई भेला गरि छलफल गर्यो। छलफलमा पैसट्ठी भन्दा बढी सहभागीहरूले भाग लिएका थिए। सहभागीहरूमा स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी दिएका र अब हुने संघीय निर्वाचनमा स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका नेता र बुद्धिजीवीहरू उपस्थिति भई आ-आफ्ना विचार राखेका थिए।
कार्यक्रम संचालक तथा परिवर्तनका संवाहक अभियान (चेन्ज मेकर लिग) का संयोजक सिमोन ढुंगानाले कार्यक्रम संचालन गर्दै लिगको बारेमा संक्षेपमा बर्णन गर्नु भयो भने लिगको स्वतन्त्र चुनावी अभियानको अवाधराना त्यसको रुप र कार्यशैलीको बारेमा डा सुदीप श्रेष्ठले प्रस्तुति दिनु भएको थियो। गोविन्द नारायणले पारदर्शी, जनप्रिय र योग्यतामुखी को बाताबरण निर्माण गर्नु पर्ने भन्नु भयो | काठमाडौँ छेत्र ९ को उम्मेदवार बिद्या श्रेष्ठले भिजन र मिसन मिलेकालाई अब चेन्ज मेकर लिगले अगाडी लानुपर्ने बताउनु भयो | स्थानीय निर्वाचनमा पोखरा महानगरपालिकाबाट स्वतन्त्र उम्मेद्वारी दिएका अटेरी अभियानका अभियानकर्ता गणेश पौडेलले स्वतन्त्र राजनीति कस्तो हुनु पर्छ, यसलाई राष्ट्रव्यापी रुपमा लान कसरि सहकार्य गर्नु पर्छ भन्नु भयो। संघीय निर्वाचनमा काठमाडौँ क्षेत्र न १ बाट स्वतन्त्र उम्मेद्वारी दिएका पुकार बमले स्वतन्त्र बिचारधारा र पार्टीका स्वच्छ छबि भएका युवा नेतृत्वलाई समेटेर चुनावमा जाँदा उम्मेदवारहरू रास्ट्रिय साझा मुद्धाहरूमा क्लिएर हुनु पर्ने अन्यथा चुनाव पछि विवेकशील साझा पार्टीको जस्तो अस्थिरता आउनसक्ने बताए। अक्सफोर्ड विश्वबिद्यालयका सागर ढकालले ४० वर्ष मुनिकाले देशको नेतृत्व लिनु पर्छ भन्ने पावरपोइन्ट प्रस्तुति गरे।
स्वतन्त्र उम्मेद्वारी अभियानका संयोजक डम्बर साहु ४० वर्ष मुनिकाले देशको नेतृत्व लिन आउदो चुनाबमा अलि चाडो हुने भन्दै ठाउँ ठाउँ मा नागरिक सुझाब संकलन गरेको भन्नु भयो र सबै स्वतन्त्र मिल्न पर्ने र त्यसको लागि आफ्नो टिम जसको नेत्रित्यो मा पनि सहकार्य गर्न तयार भएको भन्नु भयो|
धेरै कुरा छल फल र स्वस्थ डिबेट भए पनि प्राय सबैको एउटै धारणा थियो कि अहिलेको राजनैतिक दललाई सुधार्न बैकल्पिक युवा शक्तिको आवश्यकतालाई यस्तो स्वतन्त्र आन्दोलनले पुरा गर्न सक्छ, अनि सबै परिवर्तनका संवाहकहरूलाई उन्ने बलियो धागोलाई सबै मिलेर बनाउनु पर्छ र त्यो कार्य अब नेपाल चेन्ज मेकर लिगले सम्हाल्नु पर्छ |
छलफलमा धरान उपमहानगरपालिकाका स्वतन्त्र मेयर हर्क साम्पाङ्गका चुनावी अभियानका संयोजक तर्क मगर, सल्लाहकार समिर तामांग, राष्ट्रिय सुसाशन पार्टीका अध्यक्ष रमेश खरेल , काठमाडौँ क्षेत्र न ५ बाट स्वतन्त्र उम्मेदवार घोषणा गरेका रन्जु दर्शना, उन्नत लोकतान्त्रिक पार्टीका प्रतिनिधि, वाशिंगटन डीसीबाट डा हेमराज ढकाल लगायतकाहरूको उपस्थिति थियो।
छलफलको अन्त्यमा लिगको चुनावी अभियानलाई ससक्त ढंगले देशव्यापी रूपमा फैलाउन स्टेरिंग कमिटि गठन गर्न १३ जनाको नाम सिफारिस भएको छ। एक दुई दिन मै बैठक बोलाइ स्टेरिंग कमिटिलाई अन्तिम रुप दिएर चुनावी अभियानलाई क्षेत्रीय र जिल्लामा फैलाउने तयारीमा लाग्ने नेपाल चेन्ज मेकर लिगका संयोजक सिमोन ढुंगानाले बताए।
यो भन्दा पहिला २३ जेठ २०७९ मा काठमाडौँको होटेल हार्दिक बागबजारमा, विभिन्न राजनितिक दल र समाजका अग्रजहरु बीच BhugolPark.com ले एक कार्यक्रम सम्पन्न गरेको थियो । यस कार्यक्रममा दलगत प्रणालिमा के स्तन्त्र उमेद्वार या चेन्ज मेकर विकल्प हुन सक्छन् त भन्ने छलफल भएको थियो । यस कार्यक्रममा पुकार बम. मिलन पाण्डे-अध्यक्ष, विवेकशील साझा, रमेश खरेल-अध्यक्ष, नेपाल सुशासन पार्टी, कर्मा लामा, तामाङ-अध्यक्ष, नेपाल विवेकशील पार्टी, रमेश पौड्याल, सुमन सायमी, रञ्जु दर्शना, गोविन्द नारायण, डम्बर शाहु र अन्य वक्ताहरुले आफ्नो धारणा राखनु भएको थियो । कार्यक्रमको संचालन सिमोन ढुंगाना र रेशु अर्यालले गर्नु भएको थियो।
यसैलाई निरन्तरता दिदै BhugolPark.com ले परिवर्तनका संवाहक अभियानको दोस्रो छलफल मङ्गलवार ३१ जेठ २०७९ सिन्धुलीमा गरेको थियो । आगामी निर्वाचनमा निष्ठावान् र स्वच्छ छवि भएका उम्मेदवारलाई सहयोग पुर्याउने उद्धेश्य राखी छलफल गरिएको थियो । छलफलमा युवा तथा पत्रकारहरूको सहभागिता रहेको थियो ।
चेन्ज मेकर लिग उदेश्य र दायरा
चेन्ज मेकर लिग स्वतन्त्र वा पार्टीगत विचारधारा राख्ने मानिसहरूको राजनैतिक एवम सामाजिक अभियानमुखी समूह हो जसमा निर्धारित मुल्य र मान्यता बोकेका मानिसहरूले देश र समाजमा देखिएका बिकृति विसंगतिहरूलाई पहिचान गर्दै त्यसको समाधान र परिवर्तनका लागि एकजुट भएर बहस, सल्लाह र परामर्श गर्दै निकास निकाल्न भूमिका खेल्छ।
कुनै प्रक्रिया बिना, कुनै प्रतिस्पर्धा बिना नेतालाई रिझाईको भरमा टिकट पाउने परम्परालाई तोड्न र देशको नेतृत्व सक्षम व्यक्तिलाई दिन उत्कृष्ट उम्मेदवार छान्ने प्रक्रियाको विकास र अवलम्बन गर्न अत्यावश्यक भएको छ। यो प्रयोजनको लागि स्वतन्त्र चुनावी अभियानको प्रयास गरिंदैछ। यस अभियानलाई दिशानिर्देश गर्न, नीति/रणनीति निर्धारण, योजना निर्माण र कार्यान्वयन गर्न एक विश्वासिलो, सक्षम र समर्पित स्टेरिंग समितिको आवश्यकता पर्ने भएकोले उक्त समितिको सन्दर्भ शर्तहरू सहितको खाका तयार गरिएको छ।
चेन्ज मेकर लिग सहभागी र सम्भावित नेतृत्वमा हुनुपर्ने न्युनतम मुल्य र मान्यताहरू
1. Personal Integrity - निष्ठा
2. Clean Image- स्वच्छ छबि
3. Co-existence- सहिष्णुता, सह-अस्तित्व
4. Democratic Fundamentals - लोकतान्त्रिक मान्यता
5. Diversity and Inclusion - विविधता र समावेशीता
6. Transparency - पारदर्शिता
सम्पर्क:
सिमोन ढुंगाना 9851253566 [email protected]
डा. सुदीप श्रेष्ठ 9813869125 [email protected]
विभिन्न कार्यक्रमका झलक हरु
.png)
.png)
.png)
.png)
.png)
.png)