सुनसरीमा ९६ ग्राम ब्राउनसुगरसहित दुईजना पक्राउ
सुनसरीमा प्रहरीले ब्राउनसुगरसहित दुईजनालाई पक्राउ गरेको छ।
कोशी गाउँपालिका-८ का २२ वर्षीय मिथुनकुमार यादव र १९ वर्षीय प्रमोदकुमार सरदारलाई जिल्ला प्रहरी कार्यालय सुनसरी र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट ९६ ग्राम ब्राउनसुगर र बिआर ३८ एस ०६२३ भारतीय नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।